४ महिने शिशु हत्या आरोपमा महिला पक्राउ

तनहुँ। प्रहरीले ४ महिनाको शिशु हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्व बैदिकाली गाउँपालिका–२ की ३६ वर्षीया कमला परियार रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक (डीएसपी) अशोक थापाका अनुसार ती महिलाले ४ महिनाका छोरा अर्जुन परियारलाई ढुङ्गा प्रहार गरेकी  हुन  माइती जाँदै गर्दा महिलाले बालकलाई घाइते बनाएको र रामपुर अस्पताल, पाल्पा पुर्‍याएपछि राति ९:३० बजे मृत्यु भएको हो ।

पक्राउ परेका महिलामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।