काठमाडौं । सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्त्वपूर्ण कार्यक्रम हो- स्वास्थ्य बीमा । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सर्वव्यापी पहुँच स्थापित गराउन स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको हो
स्वास्थ्योपचारका क्रममा व्यक्तिगत खर्चलाई घटाउँदै लैजान र वित्तीय संरक्षण प्रदान गर्न प्रयोगमा ल्याइएको प्रणाली हो यो । १० वर्षअघि अर्थात् वि.सं २०७२ सालदेखि सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको एक दशक पूरा नहुँदै यसलाई दिगो बनाउन चुनौती बन्दै गएको छ । स्वास्थ्य बीमा कार्यक्रममार्फत दिइने सेवाको गुणस्तरदेखि भुक्तानीसम्मका समस्या हुँदा यसको दिगोपनामै प्रश्न उब्जिएको हो


















