sandarbhatoday

२ असार २०८३, मंगलवार (Jun 16, 2026)

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ वाणिज्य
  • शिक्षा स्वास्थ्य
  • विज्ञान प्रविधि
  • कृषि पर्यटन
  • समाज
  • विविध
  • मौसम
  • अन्तर्राष्ट्रिय

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

Sandarbha Today सन्दर्भ टुडे

२०८२ माघ ९ शुक्रवार ०७:२६

108 

shares
image

काठमाडौँ, ९ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।

आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही)जस्ता सामाजिक तथा धार्मिककार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्म भने गरिँदैन । यस दिन बालबालिकालाई शिक्षा आरम्भका साथै नाक, कान छेडिदिने गरिन्छ । उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । वसन्त श्रवण यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ ।

शुक्रबार बिहान १०ः२७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्न साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो । वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्यहरू, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । वसन्त श्रवणको सबै तयारी पूरा भएको कार्यालयले जनाएको छ ।

Post navigation

<< पछिल्लाे समाचार

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

अघिल्लाे समाचार >>

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

पूर्वसचिव डा. मानबहादुर बीकेको बहुप्रतीक्षित पुस्तक ‘राज्य, समावेशिता र विषम यात्रा’ सार्वजनिक

पूर्वसचिव डा. मानबहादुर बीकेको बहुप्रतीक्षित पुस्तक ‘राज्य,...

“जन्मदिनको खर्च बालबालिकाको शिक्षामा: रिता परियारद्वारा ५० हजारको शैक्षिक सहयोग”

“जन्मदिनको खर्च बालबालिकाको शिक्षामा: रिता परियारद्वारा ५०...

सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्ने

सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्ने

रण अम्बिका शाह सेवा गुठी – नेपाल द्वारा  दलित सामाजिक अभियान्ता मनोज राम  काठमाडौंमा सम्मानित !!

रण अम्बिका शाह सेवा गुठी – नेपाल...

रास्वपा व्यास नगर सभापतिमा चुडामणि निर्वाचित

रास्वपा व्यास नगर सभापतिमा चुडामणि निर्वाचित

एसईईको नतिजा सार्वजनिक, जीपीए ३.६० देखि ४.०० ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२

एसईईको नतिजा सार्वजनिक, जीपीए ३.६० देखि ४.००...

ताजा

दरबार रोधी क्लबको १८औँ वार्षिकोत्सव: प्रेमराजादेखि विश्व दोङसम्मका कलाकारले जमाए लोकसंगीतको उत्सव

दरबार रोधी क्लबको १८औँ वार्षिकोत्सव: प्रेमराजादेखि...

मानुङ्कोटैमा’ गीतले पार गर्‍यो १ करोड दर्शक, सफलताको खुसी साट्दै निर्माण टिम

मानुङ्कोटैमा’ गीतले पार गर्‍यो १ करोड...

शान्ति र सचेतनाको सन्देश फैलाउँदै अमेरिकाभर हजारौं माइल पैदल यात्रा गरेका बौद्ध भिक्षुहरूको टोली नेपालको लुम्बिनीमा

शान्ति र सचेतनाको सन्देश फैलाउँदै अमेरिकाभर...

आजको बिदेशी बिनिमय दर येस्तो छ

आजको बिदेशी बिनिमय दर येस्तो छ

गायक सुमन परियारलाई पुत्रलाभ, सामाजिक सञ्जालमार्फत सुनाए खुशीको खबर

गायक सुमन परियारलाई पुत्रलाभ, सामाजिक सञ्जालमार्फत...

प्रथम जापान लोक तारा २०२६ का विजेता केशव शर्मा

प्रथम जापान लोक तारा २०२६ का...

लाेकप्रिय

लोकदोहोरी क्षेत्रमा नयाँ तरंग: “घडीको सुई उल्टो घुमेर” सार्वजनिक

लोकदोहोरी क्षेत्रमा नयाँ तरंग: “घडीको सुई...

देवी आचार्यकाे “ए बैनी जमुना” को भिडियो सार्वजनिक सम्झना र बिनाकाे दमदार नृत्य

देवी आचार्यकाे “ए बैनी जमुना” को...

अक्टोप्याडका जादुगर पदम क्षेत्री : आधुनिक तालमार्फत लोक संगीतमा नयाँ क्रान्ति

अक्टोप्याडका जादुगर पदम क्षेत्री : आधुनिक...

“जन्मदिनको खर्च बालबालिकाको शिक्षामा: रिता परियारद्वारा ५० हजारको शैक्षिक सहयोग”

“जन्मदिनको खर्च बालबालिकाको शिक्षामा: रिता परियारद्वारा...

बाबा–छोरीको स्वरमा सजिएको नयाँ लोकदोहोरी “चिठ्ठी के पठाऔँ सार्वजनिक”

बाबा–छोरीको स्वरमा सजिएको नयाँ लोकदोहोरी “चिठ्ठी...

दिपा नेपाली लाई जापान बाट चिठी : कुनै पनि नागरिकले आफ्नो अस्तित्व प्रमाणित गर्न सडकमा बस्न नपरोस्

दिपा नेपाली लाई जापान बाट चिठी...

Facebook Page

sandarbhatoday
sandarbhatoday

साइट नेभिगेसन

  • समाचार
  • राजनीति
  • अर्थ–वाणिज्य
  • कृषि पर्यटन
  • खेलकुद
  • रोचक

हाम्राे टिम

सल्लाहकार
सल्लाहकार
सल्लाहकार
सल्लाहकार
कानुनी सल्लाहकार
प्रबन्ध निर्देशक
निर्देशक
सम्पादक
मार्केटिङ म्यानेजर

सम्पर्क

टिमवर्क मिडिया एण्ड एड्भर्टाईजिङ्ग एजेन्सी प्रा. लि.
मिनभवन, काठमाडौं
9861874149
sandarbhatoday@gmail.com

Copyright © 2026 All Rights Reserved. | www.sandarbhatoday.com