sandarbhatoday

२ असोज २०८३, शुक्रवार (Sep 18, 2026)

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ वाणिज्य
  • शिक्षा स्वास्थ्य
  • विज्ञान प्रविधि
  • कृषि पर्यटन
  • समाज
  • विविध
  • मौसम
  • अन्तर्राष्ट्रिय

छ महिनाभित्र बाँकेमा ८६ नयाँ कुष्ठरोगी

Sandarbha Today सन्दर्भ टुडे

२०८२ माघ १० शनिवार १९:२३

187 

shares
image

जानकी (बाँके), १० माघ।  चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका ८६ जनामा कुष्ठरोग पुष्टि भएको छ । साउनदेखि पुससम्मको अवधिमा साइनिङ अस्पताल आइएनएफ नेपालमा उपचार तथा परीक्षणका क्रममा ती नयाँ कुष्ठरोगी पहिचान भएका हुन् । ७३औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट उपचारका लागि आएका नागरिकमासमेत कुष्ठरोग देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार छ महिनाको अवधिमा फेला परेका ८६ जना नयाँ कुष्ठरोगीमध्ये ५७ पुरुष र २९ जना महिला रहेका छन् । तीमध्ये बाँकेका ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच–पाँच, अछामका तीन, दैलेखका दुई र दाङ, प्यूठान, रोल्पा र सल्यानका एक–एक जना रहेका प्रमुख थारुले जानकारी दिनुभयो । उहाँका अनुसार १४ जना भारतीय नागरिकमा पनि कुष्ठरोग पुष्टि भएको छ । अस्पतालमा कुष्ठरोगको आशङ्कामा चेकजाँचका लागि आएका ३४२ मध्ये ८६ जनामा रोग पुष्टि भएको हो । स्मियर परीक्षण (सूक्ष्मदर्शक यन्त्रद्वारा गरिने सुरक्षित र छिटो परीक्षण विधि) मार्फत परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । अस्पतालको अन्तरङ्ग सेवाबाट सोही अवधिमा ५८ पुरुष र २३ महिला गरी ८१ जनाले सेवा लिएका छन् । स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि प्रयोगशालामा १० हजार ७९५ वटा नमूना परीक्षण गरिएको छ भने अपाङ्गता रोकथाम तथा सहयोगका लागि १०३ जोडा विशेष जुत्ता वितरण गरिएको छ । साथै ६९ जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको अस्पतालका प्रमुख थारुले जानकारी दिनुभयो ।

कुष्ठरोग नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि २३ जना सरकारी विद्यालयमा कार्यरत नर्सलाई आधारभूत कुष्ठरोग तालिम दिइएको छ । त्यसैगरी स्वयं सहायता समूहका २९ जना सदस्यलाई कुष्ठरोग, स्वयं हेरचाह तथा बचत–ऋण परिचालनसम्बन्धी तालिम प्रदान गरिएको छ । सङ्घीय सरकारका स्वास्थ्य संस्थासँग आवद्ध १९० जना महिला स्वास्थ्य स्वयंसेविकालाई समेत क्षमता अभिवृद्धि तालिम दिइएको अस्पतालले जनाएको छ । समुदायस्तरमा जनचेतना विस्तार गर्ने उद्देश्यले २२ वटा आमा समूहका करिब छ सय सदस्यलाई अभिमुखीकरण गरिएको छ भने विभिन्न विद्यालयमा सञ्चालन गरिएका कक्षाबाट ९२१ जना विद्यार्थी लाभान्वित भएका छन् । यसैगरी दुई वटा क्याम्पसका ७५ जना विद्यार्थी तथा नरैनापुर गाउँपालिकाका २८ जना जनप्रतिनिधिलाई पनि कुष्ठरोगसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको अस्पतालका प्रमुख थारुले बताउनुभयो । समुदायमै कुष्ठरोग पहिचानका लागि दुई स्थानमा गरिएको परीक्षणमा ५१० जनामध्ये नौ जनामा नयाँ कुष्ठरोग पुष्टि भएको छ । साथै ४२ जना कुष्ठरोगीको सम्पर्कमा रहेका दुई हजार ४५५ परिवार तथा छिमेकीको परीक्षण गर्दा थप बिरामी पनि पहिचान भएका उहाँले उल्लेख गर्नुभयो ।

हाल साइनिङ अस्पतालमा कुष्ठरोगसम्बन्धी अनुसन्धानात्मक कार्यसमेत भइरहेको छ । बिएनएमटी नेपालको आर्थिक सहयोगमा कुष्ठरोगको किटाणुको आनुवंशिक परीक्षण सञ्चालन भइरहेको जनाउँदै प्रमुख थारुले हालसम्म १३१ वटा अध्ययन नमूना सङ्कलन भइसकेको बताउनुभयो । कार्यक्रमका सहजीकर्ता तथा अस्पतालका प्रशासन अधिकृत नरेन्द्र साउदले समुदायमा कुष्ठरोगबारे चेतना बढाउन, विद्यमान चुनौतीलाई सामना गर्न र कुष्ठरोगमुक्त नेपाल निर्माणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले समाजमा कुष्ठरोगलाई अझै पनि सामाजिक कलङ्कका रूपमा बुझ्ने गरिएको उल्लेख गर्दै यस्ता भ्रम चिर्न सञ्चारमाध्यम र पत्रकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गत आर्थिक वर्षमा साइनिङ अस्पतालमा विभिन्न जिल्लाबाट आएका १७४ नयाँ कुष्ठरोगी फेला परेका थिए । तीमध्ये ९३ जना बाँके जिल्लाका थिए । गत आवको सोही छ महिनामा ५८ जना नयाँ बिरामी भेटिएकामा यसवर्ष सोही अवधिमा उक्त सङ्ख्या बढेर ८६ पुगेको छ । चौबिस शय्या क्षमताको यस अस्पतालमा हाल १४ जना बिरामी भर्ना भएर उपचाररत छन् ।

Post navigation

<< पछिल्लाे समाचार

प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारबारे उजुरी

अघिल्लाे समाचार >>

आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

स्रष्टाहरुद्धारा भोटेकोशी बाढीबाट जीवन गुमाउनेहरुप्रति दीपप्रज्वलन गरी श्रद्धाञ्जलि अर्पण

स्रष्टाहरुद्धारा भोटेकोशी बाढीबाट जीवन गुमाउनेहरुप्रति दीपप्रज्वलन गरी...

महालक्ष्मी आधारभूत विद्यालयको जीर्ण भवन

महालक्ष्मी आधारभूत विद्यालयको जीर्ण भवन

एलिना चौहान र सज्जन बोहोराको ‘न त पोइको टेन्सन’ सार्वजनिक, चर्चामा आयो जोडी

एलिना चौहान र सज्जन बोहोराको ‘न त...

खेलकुदमा योगदान पुर्‍याएको भन्दै नन्द बस्याल नगद १ लाखसहित सम्मानित

खेलकुदमा योगदान पुर्‍याएको भन्दै नन्द बस्याल नगद...

ग्यास अभाव छैन भन्दै आयल निगम र उद्योगीले प्रधानमन्त्रीलाई ढाँटे

ग्यास अभाव छैन भन्दै आयल निगम र...

विद्यार्थीलाई गृहकार्य : आवश्यकता कि बोझ ? (मध्यम आकारको सुधारिएको संस्करण)

विद्यार्थीलाई गृहकार्य : आवश्यकता कि बोझ ?...

ताजा

पशुपति क्षेत्र विकास कोष सञ्चालक समिति सदस्य सङीता कुमारी रामलाइ रास्ट्रिय दलित आयोगले गर्यो सम्मान

पशुपति क्षेत्र विकास कोष सञ्चालक समिति...

रसुवाका बाढीपीडितको सहयोगार्थ अमागासाकीमा दुईदिने सांस्कृतिक महोत्सव

रसुवाका बाढीपीडितको सहयोगार्थ अमागासाकीमा दुईदिने सांस्कृतिक...

जापानको ओसाकामा ‘NEFIN Cultural Festival Kansai 2026’ हुँदै

जापानको ओसाकामा ‘NEFIN Cultural Festival Kansai...

तीज नृत्य प्रतियोगितामा एन्जल्स हार्टको उत्कृष्ट प्रदर्शन, हात पार्‍यो उपाधि

तीज नृत्य प्रतियोगितामा एन्जल्स हार्टको उत्कृष्ट...

हरितालिका तीजः पशुपतिमा बिहानैदेखि महिला व्रतालुको घुइँचो

हरितालिका तीजः पशुपतिमा बिहानैदेखि महिला व्रतालुको...

नेपाली कांग्रेसको नयाँ निर्णय

नेपाली कांग्रेसको नयाँ निर्णय

लाेकप्रिय

जापानमा बाढी पीडितको सहयोगार्थ विशेष तीज कार्यक्रम, सम्झना, सिता र रविनको दमदार प्रस्तुति रहने

जापानमा बाढी पीडितको सहयोगार्थ विशेष तीज...

लक्ष्मी परियारको स्वरमा ‘बाटो नहेरे आमा’ सार्वजनिक, एलिना रायमाझीको प्रस्तुति तथा निर्देशन

लक्ष्मी परियारको स्वरमा ‘बाटो नहेरे आमा’...

कवि प्रतिभा पौडेलको सातौँ कृति ‘तितिक्षा’ महाकाव्य लोकार्पित

कवि प्रतिभा पौडेलको सातौँ कृति ‘तितिक्षा’...

बाढीबाट प्रभावित कलाकार तथा परिवारलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले राहत दिने

बाढीबाट प्रभावित कलाकार तथा परिवारलाई राष्ट्रिय...

प्रकाश दिप गैरे र सुशिला कट्टेल गैरेलाई ‘प्रेरणादायी वक्ता सम्मान

प्रकाश दिप गैरे र सुशिला कट्टेल...

अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध

अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित,...

Facebook Page

sandarbhatoday
sandarbhatoday

साइट नेभिगेसन

  • समाचार
  • राजनीति
  • अर्थ–वाणिज्य
  • कृषि पर्यटन
  • खेलकुद
  • रोचक

हाम्राे टिम

सल्लाहकार
सल्लाहकार
सल्लाहकार
सल्लाहकार
कानुनी सल्लाहकार
प्रबन्ध निर्देशक
सम्पादक

सम्पर्क

टिमवर्क मिडिया एण्ड एड्भर्टाईजिङ्ग एजेन्सी प्रा. लि.
मिनभवन, काठमाडौं
9861874149
sandarbhatoday@gmail.com

Copyright © 2026 All Rights Reserved. | www.sandarbhatoday.com