फिफा विश्वकप–२०२६ मा स्कटल्यान्डले विजयी सुरुवात गरेको छ । स्कटल्यान्डले आइतबार बिहान खेलिएको खेलमा हाइटीलाई १–० गोलले हरायो ।
समूह ‘सी’अन्तर्गतको उक्त खेलमा स्कटल्यान्डका लागि जोन म्याकगिनले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा उनले गोल गरेका थिए ।
जितसँगै तीन अंक हात पारेको स्कटल्यान्ड तालिकाको पहिलो स्थानमा आसिन छ । यो समूहमा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् ।


















