तीज नृत्य प्रतियोगितामा एन्जल्स हार्टको उत्कृष्ट प्रदर्शन, हात पार्‍यो उपाधि

केपि कुमार जलन/
फ्युजन डान्स स्टुडियोद्वारा आयोजित ‘तीज विशेष नृत्य प्रतियोगिता २०८३’ मा एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनका कक्षा ६ देखि ९ सम्मका छात्राहरूले उत्कृष्ट नृत्य प्रस्तुत गर्दै प्रथम स्थान (Winner) हासिल गरेका छन्।

हरितालिका तीजको मौलिकता, नेपाली कला तथा संस्कृतिलाई नृत्यमार्फत आकर्षक रूपमा प्रस्तुत गरेका छात्राहरूले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै उपाधि जित्न सफल भएका हुन्।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै विद्यालयको नाम उच्च राख्न सफल विजेता छात्राहरूलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। साथै नृत्य गुरु, अभिभावक तथा प्रतियोगिताको तयारीमा सहयोग गर्ने सम्पूर्णप्रति पनि विद्यालयले आभार व्यक्त गरेको छ।

छात्राहरूको यस सफलताले विद्यालयमा खुसीको माहोल सिर्जना गर्नुका साथै कला र संस्कृतिप्रतिको उनीहरूको रुचि तथा प्रतिभालाई थप प्रोत्साहन मिलेको विद्यालयको विश्वास छ।