जापानको ओसाकामा ‘NEFIN Cultural Festival Kansai 2026’ हुँदै

केपि कुमार जलन/

बागलुङ । नेपाल आदिवासी जनजाति महासंघ, जापान क्षेत्रीय समिति कान्साईको प्रस्तुतिमा ‘NEFIN Cultural Festival Kansai 2026’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, भाषा, भेषभूषा तथा परम्परालाई जापानमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सव सेप्टेम्बर १८ र १९ तारिख जापानको अमागासाकी, ओसाकामा हुने आयोजकले जनाएको छ।

दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपालका राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। महोत्सवमा नृत्य, संगीत, भेषभूषा, नेपाली खाना, सांस्कृतिक स्टल, हस्तकला तथा मनोरञ्जनात्मक कार्यक्रमहरू मुख्य आकर्षणका रूपमा रहनेछन्।

पोस्टरअनुसार कार्यक्रम सेप्टेम्बर १८ गते बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म र १९ गते बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमका लागि प्रवेश निःशुल्क रहेको आयोजकले जनाएको छ।

जापानमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक एकता र नेपालको मौलिक कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महोत्सवले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।