काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही नहुने बताएका छन्।
संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम अस्वीकृत गरेपछि सांसद सिंहले यस्तो बताएका हुन्।
लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने बताउँदै उनले भने–‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ ।
राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको पनि उनको भनाई छ ।
लोकतन्त्रमा बहुमतको शासन हुने भएपनि बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुने बताउँदै उनले भनेका छन्–‘यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा !’


















