काठमाडौं। काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण सुरु गरेको छ।
महानगरपालिकाको वडा नम्बर २९ मा निर्माण सुरु गरिएको उक्त केन्द्रले अटिजम भएका बालबालिकालाई विशेष शिक्षा, तालिम तथा आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ।
अटिजम भएका बालबालिकाको क्षमता विकास, सिकाइ र सामाजिक सहभागिता बढाउन विशेष शिक्षाको आवश्यकता रहँदै आएको छ।
यस्तो केन्द्रको निर्माणले बालबालिका र उनीहरूका परिवारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।



















