अमेरिकामा एक विद्यार्थीले अध्ययनका क्रममा करिब १०० वर्षदेखि हराएको मानिएको दुर्लभ स्याउको प्रजाति फेला पारेकी छन्।
वासिङ्टन स्टेट युनिभर्सिटीकी विद्यार्थी टायेटिन ब्रोडजिन्स्कीले सन् २०२५ मा अध्ययनबाट विश्राम लिने क्रममा एउटा स्याउको रूखबाट नमुना संकलन गरेकी थिइन्।
पछि डीएनए परीक्षण तथा विशेषज्ञहरूको अध्ययनबाट उक्त स्याउ ऐतिहासिक वालब्रिज प्रजातिको भएको पुष्टि भएको हो।
सन् १८१८ मा अमेरिकाको इलिनोइसमा उत्पत्ति भएको मानिने यो स्याउको प्रजाति लामो समयदेखि बजारमा उपलब्ध थिएन। अहिले यसको पुनः उत्पादन र संरक्षण गर्ने प्रयास भइरहेको छ।



















