मेयर नेपाली र स्थानीय मिडियाको नजर नपुगेको महखोला झरना

बैसाख ८ः बाग्लुङ्ग जिल्लाको दोस्रो ब्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट करिब ३ कि.मी पर महखोला झरनालाई सिरानी बनाएर बसेको एउटा शान्त र सुन्दर बस्ति छ रिखुवा गाँउको त्यहीँ गाउँको पहिचान बोकेर अबिरल बगीरहेने सम्भावनाको मुसल्धारे झरना हो महखोल झरना

ढोरपाटन नगरपालीका ४ रिखुवा भौगोलीक रुपमा केहि दुर्गम गाँउहरु मध्ये एक हो, मगर, छन्त्याल र दलित गरेर करिब ५० घरधुरी रहेको यो गाँउको आफ्नै बिशेषता छ आफ्नै दुखेसोहरु छ । रिखुवाले स्थानीय सरकारको स्वाद खास्सै महसुुस गर्न पाएको छैन, यहाँका स्थानीयको दुख खासै भागेको छैन, जीवनस्तर उस्तै र त्यस्तै छ ।

रिखुवा बासिन्दाको मुखमा एउटै बोली छ, भोट बोकेर जाने गाडिले बिकास बोकेर फर्किदैन रहेछ । रिखुवा बासिले लामो समयसम्म घरको दैलोबाट मोटर चढ्ने सपना त देख्नै भ्याएनन् मोटरबाटो आउछ भन्ने आसमा बस्न थालेको समेत बर्षौ सकियो, रिखुवा गाँउ लाई हालसम्म मोटरबाटोले छुन सकेको छैन ।

ढोरपाटन नगरपालीका भन्ने बित्तिकै अधिकांश मान्छेको दिमागमा आउने नाम हो (देव कुमार नेपाली ) नेपाली ढोरपाटन नगरपालीकाको हालको मेयर र आगामी ३० गते हुने स्थानीय चुनावको पुण: मेयर पदको दाबेदार हुन ।
उनको नाम प्रख्यात छ , उनी गरिब नगरपालीको धनी मेयरको रुपमा आफ्नो परिचय बनाएका छन् जनताको छानो र जीवनस्तर परिवर्तन गरिदिने बाचा गरेका मेयरले छानो त फेरे तर ब्यवस्था फेर्नमा उनको ध्यान पुगेन फलस्वरुप आजको मितिसम्म स्थानीयले स्थानीय सरकारको स्वाद लिन नपाएको बताउछन स्थानीय हिमालय आधारभूत बिद्यालयका पूर्व शिक्षक राम बहादुर अग्रेजा मगर ।

उनी भन्छन् मेयरको आखाँले रिखुवालाई केवल दुर्गम मात्रै देख्यो त्यहाँको दुर्गम ठाँउमा भएको प्राकृतिक सौन्दयता र सम्भावनालाई भने देख्न सकेन, भूगोलले पछाडि पारेको रिखुवामा प्रकृतिले सिंगो ढोरपाटनको बिकास हुने गरि सम्भावना दिदै गर्दा पनि मेयरको आखाँले भने देख्न र चिन्न सकेको छैन । तारा बहादुर अग्रेजाले प्राकृतिक उपहार भनिरहेको उनकै गाँउ रिखुवामा भएको पर्यटकीय सम्भावना बोकेको महखोल झरनाको हो ।

रिखुवा र सिंगो ढोरपाटन नगरपालीको परिचय बोकेर बसेको एउटा सुन्दर झरना महखोलाको नाम आसपासका भिरमा परापुर्वकाल देखि नै भिर माहुरि हुने भएको र हालसम्म पनि उक्त क्षेत्रको आसपासमा ठुल-ठूला भिर माहुरि हुने भएकोले महभिर नामाकरण भएको हुन सक्ने त्यहाँका स्थानीय बताउछन । बस्ति देखि करिब २० मिनेटको बाटो पर रहेको यो झरना रिखुवा र आसपासमा रहेको गाँउहरु पुरानो गाँउ, तारिखेत , छपाटे को चिनारि हो, झरनाको लम्बाई तीन सय पचास मिटर भन्दा लामो छ , बुर्तिबाङ्ग आसपासबाटै देख्न सकिने यो झरना प्रचारको अभावका कारण ओझेलमा पर्दै गएको स्थानीय बासिन्दाको भनाई छ ।

हालसम्म कुनै सञ्चारमाध्यमको नजर नपुगेको महखोला झरना नगरपालीका र स्थानीय संचारमाध्यमको नजर पुगेमा आन्तरिक तथा बाह्य पर्यटकको निमिक्त घुम्न लायक ठाँउ बन्ने तारा अग्रेजा बताउछन् । हिउँदको समयमा झरनामा पानीको बहाव स्वभाविक रुपमा कम हुने भएकोले वारिपारी गर्न सकिन्छ नजिकै गएर मज्जाले आनन्द लिन सकिन्छ , तर बर्खायाम सुरु भएसंगै झरनामा पानीको बहाव बढ्ने भएकोले वारिपारी आवतजावत गर्न सकिदैन, झरना नजिकै कुनै बस्ति नभएकोले बस्तिमा हालसम्म कुनै जोखिम छैन, बर्खायाममा उचाई बाट पखेटा फिजाउदै झर्ने पानीको मुस्लो हेर्न बडो मजा लाग्छ, झरना बाट निस्किने बेग्लैखाले आवाज , अनी झरना आसपासमा देखिने मनोरम दृश्य , चराचुरुङ्गीको आवाज यो सबै सबै साच्चिकै लोभ लाग्दो छ तर यहीँ कुरा प्रचार र नगरपालीकाको ध्यान नपुग्दा सम्भावना बोकेको महखोल झरना ओझेलमा पर्दै गएको छ ।

स्थानीय लक्ष्मण अर्गेजाको अनुसार उक्त छहराको नजिकै ठूलो पथ्थरमा चौरी गाईको पाईला देख्न सकिन्छ परापुर्वकालमा नौ घाम नौ जुन लाग्दा त्यहाँको पथ्थर पग्लेर सोही ठाँउमा चौरीले टेकेको कारण पाईला यथावत रहेको बुढापाकाको कथन छ । हाल गाँउघरमा पुराना पुस्ताका मान्छे निकै कम भएको कारण पनि यसको महत्वबारे नयाँ पुस्ताले त्यतिबिधि बुझ्न नपाएको अग्रेजा बताउछन ।

सोही झरनालाई सिरोपर गरेर त्यहाँका बासिन्दाले केहि समय पहिले कूल पुज्दै आएका थिए, कूल पुजेको खण्डमा खडेरि पर्दैन, देविदेवता खुशी हुन्छनन्, बालीबोट बिग्रीदैन भन्ने जनविश्वास थियो समय फेरिएसंगै अहिलेभने ईच्छुकले मात्रै पुजाआजा गर्ने गरेको स्थानीय तारा अर्गेजाको भनाई छ ।

महखोला माथी घोचुवा नामक ठूलो चौर छ त्यसको केहि तलपट्टि बोर्केबास र कुहिने दुई मूल छ सोही मुलबाट निस्कने पानी महखोलाको झरनामा परिणत भएको हो । महखोला नजिकै बाटोे पुग्न निकै वर्ष लाग्यो, अहिले महखोला नजिकै बाटो त पुग्यो तर बाटोको अवस्था राम्रो संग ओहोरदोहोर गर्न सक्ने छैन, त्यहाँको झरनालाई ब्यवस्थित गर्नका निमिक्त नगरपालीकालाई पटक पटक ध्यानाकर्षण गरेतापनी मेयर नेपालीले वेवास्ता गरेको तारा बहादुर सुनाछन् ।

चुनावको समयमा उक्त झरनासम्म पुग्नलाई सिडि निर्माण गरिदिने आश्वासन दिएका मेयर नेपालीले त्यसपछि फर्केर नहेरेको स्थानीयको गुनासो छ । उक्त स्थानमा सिडि निर्माण गर्दै आवश्यकता अनुसार तारजाली सहित केहि भौतिक संरचना निर्माण गर्न सकेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकको निमिक्त मनोरञ्नको उपयुक्त स्थलको रुपमा परिचित बनाउन सकिने स्थानीयको भनाई छ ।

रिखुवा देखि पढ्नको निमिक्त डेढ घण्टाको पैदल हिडेर हिमालय आधारभूत बिद्यालय लुलेखेत पुग्नुपर्ने जटिल अवस्थाको रहेको रिखुवामा यहीँ झरनालाई राम्रो ढंगबाट प्रचारप्रसार गर्न सकेको खण्डमा आयश्रोतको एउटा पाटो बन्ने स्थानीयको अपेक्षा रहेको छ ।