पल शाहको रिहाइको माग गर्दै राजधानीमा प्रदर्शन

जेठ २१ : नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा कारागारमा रहेका कलाकार पल शाहको रिहाइको माग गर्दै विभिन्न समूहहरुले राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन् ।

पल शाह लाई धरौटीमा छाड्न उच्च अदालत पोखराले अस्वीकार गरेपछि उनको समर्थनमा हाम्रो टिम नेपाल र वीर गोर्खाली अभियानले माइतीघरमा प्रदर्शन गरेका हुन्। शाहको रिहाइको माग गर्दै शुक्रबार पनि राजधानीमा प्रदर्शन गरिएको थियो ।

धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए ।