विश्वचर्चित गायक जस्टिन बिबरलाई अनुहारको पक्षघात

जेठ २८ :  विश्वचर्चित गायक जस्टिन बिबरले आफूलाई अनुहारको पक्षघात (फेसियल प्यारालाइसिस) भएको बताएका छन्। यो हप्ता उनको सांगितिक कार्यक्रम स्थगीत भएसँगै यसको कारण आफू अस्वस्थ्य भएको बताउँदै उनले आफूलाई अनुहारको पक्षघात भएको सार्वजनिक गरेका छन्।

२८ वर्षिय गायकले सामाजिक सञ्जालमार्फत आफूलाई ‘राम्से हन्ट सिन्ड्रोम’ भएको र हाल त्यसको उपचार गराइरहेको बताएका छन्। राम्से हन्ट सिन्ड्रोम मानिसको अनुहारको फेसियल नर्भमाथि हुने रोग हो।

गायक बैवरले यो साता आगामी वर्षको फेब्रुअरीमा विश्व भ्रमणको रुपमा रहेको तीन कार्यक्रम स्थगित भएको बताएका थिए। हाल उनले यसको कारण खुलाउँदै आफूलाई भएको पक्षघातबारे बताएका छन्।