रुससँग इन्धन किन्न आफू बाध्य हुनसक्ने श्रीलङ्काको भनाई

जेठ २९ : चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रुससँग इन्धन किन्न आफू बाध्य हुनसक्ने बताएको छ । एक अन्र्तवार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै रूसी तेल खरिद गर्न आफू खुला रहेको बताएका हुन् ।

युक्रेन आक्रमणको विरोधमा पश्चिमा देशले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रुसी तेल किन्न आफू खुला रहेको बताएका हुन् ।

विदेशी मुद्रा सञ्चिति लगभग रित्तिएको श्रीलङ्कालाई आर्थिक सङ्कटबाट पार लगाउन राष्ट्रपति गोटाबाया राजपाक्षले प्रधानमन्त्री नियुक्त गरेका विक्रमसिङ्घे अर्थमन्त्री पनि रहेका छन् ।