काठमाडौँ कार्तिक ९ : पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार नियमित मिडिया ब्रिफिङमा ९ हजार ७७१ पीसीआर नमुना परीक्षण गर्दा ५६९ मा कोभिड पोजिटिभ देखिएको हो ।
यस्तै, २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख १० हजार २९८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ६२२ जना निको भएका छन् । नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ८८ हजार ६३० पुगेको छ ।
२४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३७२ छ ।