काठमण्डौं कार्तिक ९
वैज्ञानिक समाजवादी पार्टी नेपालको भातृ संगठन जात व्यवस्था उन्मूलन मोर्चा नेपालको काकिकोट जिल्लाको प्रथम भेला आज सम्पन्न भएको छ ।
मोर्चाको कर्णाली प्रदेश संयोजक निश्चल परियारको उपस्थिती रहेको उक्त भेलामा बाकी सदस्य पछाडि थप गर्ने गरि १३ सदस्यीय जात व्यवस्था उन्मुलन मोर्चा नेपाल कालिकोट जिल्ला समिति गठन गरिएको हो ।
भेलाले संयोजकमा अलि विश्वकर्मा लाई चयन गरेको छ भने बाकी सदस्यहरुमा क्रमशः संगीता परियार, हरि विश्वकर्मा, भिम विश्वकर्मा, बिनोद सुनार, ललित कुमाल , जयसुर विक, कल्पना परियार, विकाश सुनार , मेनका वि.क, कृष्ण परियार, खेमराज वि.क, र लक्ष्मण विश्वकर्मालाई चयन गरेको हो ।
समाज विकाश र राजनितिक समस्याको रुपमा खडा बनेर बसको जात व्यवस्था उन्मूलन नभएसम्म दशको मुहार नफेरिने भन्दै यूवाहरुको सक्रियता देखेर आफु थप हर्षित भएको मोर्चाको कर्णाली प्रदेश संयोजक निश्चल परियारको भनाई छ ।
साथै नया जिम्मेवारि थपिए संगै आफु ईमान्दार पुर्वक मोर्चाको काममा सरिक रहने संयोजक अलि विश्वकर्माले बताउनु भएको छ।