गायक देबेन्द्र बब्लुको ”मनमाया” बोलको गीत सार्वजनिक

 

के पलायो के पलायो
आखै भरी मनै भरी माया जस्तै जस्तै ,

पछिल्लो केहि समय यता सांगेतीक क्षेत्रमा पृथक खाले सृजना दिदै आएका गायक एवम् निर्देशक देबेन्द्र बव्लुको नया सृजना मनमाया सार्वजनिक भएको छ ।

छोटो समयमै स्थापित नाम बनाएका गायक देबेन्द्रको सृजनामा प्रायजसो समाजको घटना , परिघटना समेटिएका हुन्छन् , सृजनामा सन्तुष्ट भर्न सक्ने गायक बब्लुले मनमाया नामक यस गीतमा पनि समाजमा खुल्न नसकेको प्रेमको बारे कथा बुनेका छन ।

उमेर बढ्दै गएको एक पात्र र समाजमा हुर्किदै गएको अर्को पात्र बिच उमेरको अन्तर लामो हुदैमा प्रेम किन हुन सक्दैन र भन्ने प्रश्न उनको गीतमा देखेन्छि , प्रेम उमेर संगको सम्बन्ध नभएर मन संग को सम्बन्ध रहेको गायक देबेन्द्रको गीतको सन्देश रहेको देखिन्छ।

स्वयम् देबेन्द्र बव्लुको शब्द, संगीत र स्वर रहेको यस गीतमा महिला आवाजमा भने लोकप्रिय गायीका देवि घर्तिको आवाज रहेको छ , श्याम स्वेत रसाईलीले संगीत समायोजन गरेको मनमाया गीत गायक देबेन्द्रले आफ्नै यूट्युव च्यानल मार्फत र्सावजनिक गरेका हुन ।

यस अगाडी उनका दिल दुखो, भेटै हुन्न कि ,कसरि , एक्लै जान सक्छौ र जस्ता चर्चित गीतहरु सार्वजनिक भैसकेका छन ।
मनमाया भिडिया सहित