मोदीलाई नेपालआउन प्रधानमन्त्री देउवाको निमण्त्रणा, मोदीले देउवालाई पनी भारतआउन गरे निमण्त्रणा

काठमाण्डौं, कार्तिक १८

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका समकक्षी नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने बताएका छन्।

बेलायत भ्रमण सकेर आज (बिहीबार) बिहान काठमाडौं आइपुगेका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा भारतका प्रधानमन्त्री मोदीलाई आफूले नेपाल आउन निमन्त्रणा दिएको र जवाफमा उनले आउने बताएको जानकारी दिएका हुन्।

साथै आफूलाई पनि समकक्षी नरेन्द्र मोदिले उनले भारत भ्रमणका लागी निमण्त्रणा दिएको प्रधानमन्त्री देउवाले जानकारी दिए।

‘मोदीले नेपाल भ्रमण आउँछु भन्नुभएको छ’, देउवाले पत्रकारलाई बताए, ‘उहाँले पनि मलाई दिल्ली बोलाउनुभएको छ। तर भ्रमण मिति तय भएको छैन।