मौसम पूर्वानुमान महाशाखाको अनुरोध चिसो बढ्दै गएकोले सतर्क रहनुस्

काठमाडौं, कार्तिक २२

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जाडो मौसम शुरू भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न शतर्क रहनुपर्ने बताएका हुन् ।

उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौँ उपत्यका सहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौँको तापक्रम १७ डिग्रीबाट ८ डिग्री सेल्सियससम्म झरेको बताए ।

उनले कार्तिक महिनामा नै जुम्लाको तापक्रम माइनस वान डिग्री सेल्सियससम्म पुगेको जानकारी दिए ।

आगामी दिनमा काठमाडौं उपत्यकाको तापक्रम घटेर माइनस वा जिरो डिग्री सेल्सियस सम्म पुग्ने अनुमान महाशाखाले गरेको बताए ।