थासाङ गाउँपालिकाको टापुमा पर्ने मुस्ताङमा हिउँ पहिरो

कार्तिक २८ काठमाडौं : सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान करिब ११ बजेर ४५ मिनेट जादा हिउँ पहिरो गएको हो।

‘धौलागिरिकै रेन्जबाट हिउँ पहिरो आएको छ । पिकबाट हिउँ पग्लेर खसेको हो। उक्त हिउ पहिलो आएपछि भाग्दा लडेर केही मानिस घाइते छन्,’ प्रमुख जिल्ला अधिकारी का अनुसार अहिले उक्त स्थानमा ‘प्रहरी पुगिसकेको छ।

शिक्षकसहित ९ जना विद्यार्थी सामान्य घाइते छन्। उनीहरूलाई उपचारका लागि जोमसोम लैजाने तयारी छ। हिउँ पहिरो आएको देखेपछि भाग्दा लडेर उनीहरू घाइते भएका हुन।

‘मानविय क्षति छैन। भाग्दा थौरै मानिस घाइते छन्। खुट्टा मर्कनेजस्ता समस्या देखिएका छन्,’
उनकाअनुसार हिउँ पहिरो गएको क्षेत्र चरन क्षेत्र हो। यहाँ चौरीलगायत केही हिउँ पहिरोमा परेको हुनसक्ने अनुमान छ।

हिउँ पहिरोले जोखिम नै हुने अवस्था अहिले नदेखिएको उनले बताए। हिउँ पहिरो आएको क्षेत्रमा नजान सूचना गरिएको र घटना स्थलमा प्रहरी खटाइएको उनले बताए।