गमगढी आगलागीप्रति मुख्यमन्त्री शाहीद्धारा दुःख व्यक्त, उचित राहत दिने प्रतिवद्धता

कार्तिक ३०, काठमाडौं:  मुगुको सदरमुकाम गमगढीमा भएको भीषण आगलागीको घटनाप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दुःख व्यक्त गरेका छन् ।

एकाबिहानै देखि भएको आगलागीबाट करोडौंको सम्पत्तिनष्ट भएको घटनाप्रति प्रदेश सरकार गम्भीर भएको र क्षतिको विवरण संकलन गरेर उचित राहत प्याकेज उपलब्ध गराउने प्रतिवद्धता मुख्यमन्त्री शाहीले जनाएका छन् ।

‘प्रेसबिज्ञप्ति जारि गर्दै कर्णाली प्रदेश सरकारले आगलागीबाट पीडित स्थानीयको राहत तथा पुनर्स्थापनामा गम्भीर रहको बताएको छ ’, मुख्यमन्त्री शाहीले विज्ञप्तिमार्फत भनेका छन्, ‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ, स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्छ।’

आगलागी नियन्त्रमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयलाई आभार व्यक्त गर्दै आगलागीबाट थप क्षति हुन नदिन र यस्ता घटना दोहोरिन नदिन स्थानीय प्रशासन थप सचेत र सजक हुनुपर्ने मुख्यमन्त्री शाहीले बताएका छन् ।

मुगुको छायानाथ रारा नगरपालिका–१ गमगढी बजारमा सोमबार राति साढे १२ बजेतिर आगलागी हुँदा २१ घर जल्नुका साथै करोडौंको सम्पत्ति भएको हो ।