काठमाडौं, मंसिर १ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कार्यालय हालचालमा छड्के अनुगमन गरेका छन् । छड्केमा मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च पदाधिकारीको टोलीले कार्यालयमा छड्के अनुगमन गरेको हो ।
कार्यालयले छिटो छरितो काम नगरेको भन्दै जनगुनासो आउन थालेपछि मन्त्री श्रेष्ठले छड्के अनुगमन गरेका हुन् । मन्त्री श्रेष्ठ आकस्मिक रुपमा प्रवेश गरेसँगै कार्यालयका कर्मचारी अचम्मित परेका थिए । छड्के अनुगमनपछि कर्मचारीसँग साक्षात्कार गर्दै मन्त्री श्रेष्ठले सेवाग्राहीले अनुभूति गर्नेगरी काम गर्न निर्देशन दिए । उनले भने, ‘गुनासो आएको आयै छ । त्यो गुनासो सम्बोधन हुने गरेर काम गर्नुहोस् ।
यस्तै, दुई जना कर्मचारीले हुने काममा ५ जनाको हुल बाँधेर नबस्न समेत कर्मचारीलाई निर्देशन दिएका छन् भने दिनमा १५ सय जनालाई सेवा दिने गरी अगाडि बढ्न समेत उनले निर्देशन दिए । यसैगरी, श्रम स्वीकृति लिन आउने महिला र पुरुष कामदारलाई छुट्टाछुट्टै लाइनमा राख्न समेत श्रेष्ठले निर्देशन दिए ।
श्रम कार्यालयमा अनयमितता , घुसखोरि जस्ता ग्रैर कानुनी गतिविधि सलबलाएको भन्दै मन्त्री श्रेष्ठले कर्मनिष्ठ बनेर काम गर्न आदेश दिएका हुन,
मन्त्री श्रेष्ठले गुनासो सम्बोधन गर्नेगरी काम गर्न निर्देशन दिइरहँदा कार्यालयका कर्मचारी भने गुनासो सँधै आइरहने बताउँदै थिए ।