‘टप रेटिङ’ चलचित्रमा बन्यो ”जय भीम”

मुम्बई : भारत र अन्य केहि देशमा हालै रिलिज भएको तमिल चलचित्र ‘जय भीम’ले अहिले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । सूर्या, लिजोमोल जोस र मनिकणनको मुख्य भूमिका रहेको यो चलचित्रले अर्को सफलता चुमेको छ ।

चलचित्रलाई रेटिङ दिने साइट आईएमडीबीमा विश्वभरिका चलचित्रलाई उछिन्दै ‘ जय भीम’ शीर्ष स्थानमा आएको छ । यसअघि, यो सूचीको शीर्ष स्थानमा चलचित्र ‘द शशांक रेडम्पसन’ थियो । ‘जय भीम’ ९.६ रेटिङका साथ पहिलो नम्बरमा आएको हो ।

दोस्रो स्थानमा ९.३ रेटिङसहित ‘द शशांक रेडम्पसन’ छ । यो सूचीको तेस्रो स्थानमा ९. २ रेटिङसहित हलिउड चलचित्र ‘द गडफादर’ छ ।

‘जय भीम’ ९० को दशकमा भारतको तमिलनाडुमा घटेको सत्य घटनामा आधारित चलचित्र हो । तमिलका साथै यो चलचित्र हिन्दी, कन्नड र मलयालम भाषामा पनि रिलिज गरिएको छ ।

वर्तमानमा विश्वभरका आम्बेडकरवादी जनताले बाबासहेब प्रतिको सम्मान, आत्मसम्मान र गौरव व्यक्त गर्न जय भीम वाक्यांशको प्रयोग गर्छन्