काठमाडौँ – सोलुखुम्बुमा आफ्नै बुवाले बुवाले छोराछोरीमाथि एसिड प्रहार गरेका छन्।
सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराइलीले सोमबार बेलुका एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरी घाइते भएका छन् ।
मदिरा सेवन गरेर घर आएका बराइलीले एसिड छ्याप्दा छोरी सामान्य घाइते भएकी छन्। यस्तै छोराको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
मदिरा सेवन गरेका मोहनले परिवारको सामान्य कुरामा आफ्ना छोराछोरी माथी एसिड प्रहार गरेको प्रहरिले जनाएको छ । उनलाई अनुसन्धान पश्चात कानुनी उपचारको निमिक्त पक्रिया अगाडि बढाउने स्रोतको भनाई छ ।