करोड क्लबमा पुगेको डाँडाघरे साँइली गीत बारे सर्जक श्रीकृष्ण भन्छन् यो त एउटा सिस्टम न हो

एउटा समय थियो नेपाली लोक संगीतको क्षेत्रमा लोक गीत भन्ने बित्तिकै प्राय मान्छेको निधारमा मोजा पथ्र्यो, लोक गीत गाउने गायकहरु लाई आफ्नो परिचय दिन समेत बडो असहज लाग्थ्यो कारण लोक भन्ने बित्तिकै हेर्ने र सोच्ने मानसिकता निकै साघुरो बन्थ्यो ।

अझ युवा पुस्ता त लोक गीत बाट निकै टाढा रहेको पाईन्थ्यो तर समय फेरियो, लोक संगीतको लेखाजोखा गर्ने तिनै मान्छेहरु लोक गीतमा झुम्ने समय आयो , पछिल्लो समय निकै फराकिलो बन्दै गइरहेको छ लोक गीत यो फेरि यत्तिकै सहज पनी भएको होईन हिजोको ‘छि’ भन्ने गीतलाई आज खुलेर प्रंससा गर्ने लेभलमा ल्याउन सर्जक, गायक र सम्पुर्ण संगीतकर्मीको निकै ठुलो योग्दान छ ।
एउटा यस्तै सर्वाधिक चर्चा बटुलेका गीत हो ”डाँडाघरे साँइली” , आफ्नो मन यूट्युव च्यानल मार्फत बजारमा आएको यस गीतको शब्दले भन्छ नशा नशा रगतमा छौ तिमी,पिरतीको अर्को नाम हौ तिमी यो शब्द युवा पुस्ताले टिक टकमा निकै रुवाएर प्रयाग गरेको शब्द हो , यो शब्दले संगीत प्रेमीको मन मात्र छोएन आज यहीँ गीत करोड भन्दा धेरैले रुचाए, हेरिदिए र करोड क्लवमा पुगेका केही सिमित गीत मध्यको एउटा उत्कृष्ट गीत बन्यो ”डाडाँघरे साँइली” ।

यस गीतमा कृष्ण के.सी. को शब्द छ भने संगीत गायक सर्जक श्रीकृष्ण बम मल्लको छ । श्रीकृष्ण बम भन्ने बित्तिकै अधिकांश मान्छेको दिमागमा ठाँउ खोज्न आउने गीत हो चोट बराबरी लाग्यो दाउ एउटै भएर होकि ,।
नरेन्द्र प्यासीको आवाजमा रहेको यस सदावहार गीतका सर्जक संगीतकार उनै श्रीकृष्णबम मल्ल हुन । नेपाली सांगेतीक क्षेत्रमा झण्डै दुई दसक लामा यात्रा गरिसकेका मल्ल समायानुकुल सृजना पस्कन सक्ने सर्जक मध्यका एक हुन । मल्लका अनुसार डाँडाघरे साँइली यस्तै लामो मेहनत र सबैको सुझावको कारण जन्मिएको एक उत्कृष्ट सृजना हो ।

गायक सर्जक श्रीकृष्ण निरन्तर संगीतमा साधना गरिरहेका कलाकार मध्यका एक हुन , प्राय सुगम संगीतमा रमिरहेका बमलाई केहि फरक सृजना गर्ने भन्ने मनमा लागी रह्यो , के गर्न सकिएला भनेर केहि निकट साथीहरु संग पनी सल्लाह मागे, यहीँ गीतमा आवाज भरेकी आफ्नी श्रीमती लक्ष्मी मल्ल र आफु पृथक सृजना दिनुपर्छ भन्नेमा तल्लिन भए अन्तत: सबैको मनमा बास पाउने एउटा उत्कृष्ट सृजना बन्यो डाडाँघरे साँइली

करोड क्लबमा पुग्ला भने अपेक्षा गर्नुभएको थियो ? भन्ने हाम्रो प्रश्नमा सर्जक मल्ल भन्छन् त्यस्तो अपेक्षा त हुनै पर्छ यदि हामीले अनपेक्षित भएर काम गर्यौ भने सृजना राम्रो बन्न सक्दैन, एउटा सर्जकको लागी उसको सृजना सन्तान जत्तिकै प्रिय लाग्छ यस अर्थमा गीतले सबैको मनमा ठाँउ पाओस भन्ने अपेक्षा म मा पनी थियो तर मैले गीत बाट त्यो भन्दा बढि दर्शक श्रोताको माया र आर्शिवाद पाए यस्ले मलाई आगामी सृजना अझै बलियो बनाउनुपर्छ भनेर थप जिम्मेवारि थपेको छ ।
करोड क्लबमा गीत पुग्दै गर्दा मनमा खुशी लाग्नु त स्वभाविक नै हो तर करोड क्लबमा पुग्नलाई तयारि पनि त उत्तिकै हुन पर्यो सृजना नै बलियो भएन भने कसरि करोडको अपेक्षा गर्ने,

पछिल्लो समय गीत राम्रो नराम्रो भनेर हेर्ने आधार नै यूट्युव बन्यो तपाई यसलाई कसरि हेर्नुभएको छ ? भन्ने हाम्रो प्रश्नमा गायक मल्लले हास्दै भने यो त प्रविधिको प्रयोग मात्रै न हो वास्तविक रुपमा मूल्यांकन गर्ने हो भने यूटुव प्रविधिले झनै राम्रो सृजना ओझेमा पारेको छ , बजारमा पैसा तिरेर बुस्ट गर्ने प्रचलन व्यापक भयो यसले वास्तविक गीतहरुलाई ओझेलमा पारेको छ, मैले काम गर्दा चर्चामा आउने हिसावले कहिल्यै काम गरिन र गर्दिन पनि , गीत संगीतमा समाजको कथा, भोगाई, संस्कृति विकृति, दुख सुख हरेक कुरा अटेको हुन्छ हामी विकृतीलाई कला बाटै रचनात्मक रुपमा हटाउन दवाद पैदा गर्छौ त सकरात्मक कुरा अझै अगाडि लैजान माग गर्छौ यस अर्थमा संगीत समाज परिवर्तनको संवाहक पनि हो ।

चर्चामा आउनलाई काम गर्न नरुचाउने तपाई गीतमा त प्रकाश सपूत र शिल्पा लाई त राख्नुभयो नी यस्लाई कसरि बुझ्ने ? भन्ने प्रश्नमा उनी भन्छन् प्रकाश र शिल्पा जी को चर्चा देखेर यो गीतको मोडेलको रुपमा उहाँहरुलाई छनोट गरिएको होईन बरु किन चाहीँ छनोट गरिएको हो भने प्रकाश र शिल्पाले यो गीतको कथामा न्याय दिन सक्ने क्षमता भएकोले उहाँहरुको क्षमताको सम्मान हो, प्रकाश भाइ र म जिल्लाबासी हौ प्रकाशले गीतमा उठेको कथा अभिनयको रुपमा मात्र भूमिका निभाएको होईन उसले कलाकारितामा आउनु अगाडि नै यो सबै भोगाई भोगेको छ भन्ने कुराको साक्षि म स्वयम् हु त्यसैले मैले गीतमा यी दुई पात्र छनोट गरेको हु ।

डाँडाघरे साँइली बोलको यस गीतमा सुगम संगीतमा निकै गहिरो परिचय बनाएका कर्णप्रिय आवाजको धनी स्वरुपराज आचार्य र लक्ष्मी मल्लको आवाज समेटिएको छ भने , प्रकाश सपूत, शिल्पा पोखरेल, करिष्मा ढकाल र स्वयम् श्रीकृष्ण बम मल्लको भुमिका देख्न सकिन्छ । देवेन्द्र बब्लुको निर्देशन रहेको यस गीतमा गाँउघरमा झल्किने प्रेम भाव समेटिएको छ । यूटुवमा करोड लेखिनु त सिस्टम मात्रै भएकोले सबैको मन मुटुमा ठाँउ बनाउन आफुले अझै राम्रो सृजना तयार गर्न लागीपर्ने उन्ले बताएका छन । गीत करोड क्लबमा पुग्न आफ्नो मात्र योगदान नभएको बताउदै अरोरात्र खटिने सम्पुर्ण युनिट र दर्शकश्रोतालाई उनले धन्यवाद ज्ञापन गरेका छन ।

भिडियो सहित