‘मुद्दा नहेर्ने न्यायाधीश र वकिल मुर्दावाद’ भन्दै काठमाडौंमा नाराबाजी (फोटोफिचर)

काठमाडौं, १३ मंसिर । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले आज मुद्दा नहेर्ने न्यायाधीश र वकिलहरुको विरुद्धमा प्रदर्शन गरेको छ ।

उनीहरुले आज नयाँ बानेश्वरमा ‘जनताको मुद्दा हेर्नैपर्छ, जनताले न्याय पाउनैपर्छ’, मुद्दा नहेर्ने न्यायाधीश मुर्दावादजस्ता लगायतको नारा लगाएका थिए ।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबारको राजीनामा मागेर बार आन्दोलित छ । तर, बारको आन्दोलनको औचित्यमाथि स्वतन्त्र कानून व्यवसायीहरुले प्रश्न उठाएका छन् । उनीहरुले कुनैपनि बहानामा अदालत बन्द गर्न नहुने भनाई राखेका छन् ।

(फोटो फिचर)