मंसिर २१ : नेपालमा ओमिक्रोन भेरिअन्टका दुईजना सङ्क्रमित फेला परेसँगै काठमााडौं उपत्यका र उपत्यका भित्रका तीनै जिल्लमा मा सम्भावित प्रतिबन्धात्मक कदमलाई लिएर सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन्।
ओमिक्रोन नेपाल प्रवेश गरे संगै आगामी जनजिवन कस्तो हुनछ , सरकारको भूमिका के हुन्छ वा फेरि समस्या समधानको जग बनाएर लगडाउन त हुदैन भन्ने उपत्यकाबासिको साझा चिन्ता र प्रश्न बनको छ । विज्ञहरु सामाजिक दूरी कायम गर्न , मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डको पालनामा फेरि कडाइ गर्न सुझाइरहेका छन ।
ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्तिमा सङ्क्रमण भेटिएको सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको थियो।
दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट हालसम्म छिमेकी देश भारतसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ।
ओमिक्रोन भेरिअन्टलाई लिएर यसको नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौं जिल्ला प्रशासन सजक बनेको प्रमुख जिल्ला अधिकारि गोविन्द रिजालले जानकारि दिए ।
उपत्यकामै ओमिक्रोनका सङ्क्रमित भेटिनुलाई आफूहरूले गम्भीर रूपमा लिएको र अब छिट्टै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठक बसेर जिल्ला प्रशासनको तर्फबाट गर्नुपर्ने पूर्वतयारी र पूर्वसावधानीका उपाय के कस्ता हुनसक्छन् भन्नेबारे एउटा निचोडमा पुग्ने बताएका हुन ।
सन्दर्भ टुडे संग कुरा गर्दै प्रजिअ रिजालले विगतमा जस्तै लकडाउन गर्ने वा नगर्ने विषयमा सङ्क्रमणको अवस्थाले निर्धारण गर्ने बताएका हुन, सङ्क्रमितहरू बढ्दै गए र नियन्त्रणका लागि हामीले विभिन्न निषेधात्मक उपाय अपनाउनुपर्ने अवस्था सिर्जना भयो भने लकडाउनमा पनि जान सकिन्छ। तर अहिले नै लकडाउन वा निषेधाज्ञा जारी हुन्छ जस्तो लाग्दैन प्रजिअ रिजालले भने ।
साथै उपत्यकामा अोमिक्रोन बढ्न नदिन काठमाडौं जिल्ला प्रशासनले मात्रै भूमिका खेलेर नपुग्ने बताउदै रिजालले चाडै भक्तपुर र ललितपुरका प्रमुख जिसिअ संग बसेर एउटा निचोडमा पुग्ने बताएका हुन । हाल हामी तीन वटै सीडीओहरूबीच यस विषयमा नियमित कुराकानी भइरहेको छ तर तर यहीँ गरिहाल्ने भन्ने कुनै त्यस्तो निर्णय भने भएको छैन , तर्सथ के गर्ने भनेर निचोडमा पुग्नु अगाडि विगतमा जस्तै सङ्क्रामक रोग विशेषज्ञ, जनस्वास्थ्यविद्लगायत पक्षसँग परामर्श गरिने उनले बताए ।
अहिले तपाई हरुले तत्काल अपनाउन सकिने शुरक्षा ब्यबस्थाचाहीँ के हुन सक्छ भन्ने प्रश्नमा उनी सुनाउछन्
अहिले पनि धेरै भिडभाड हुने खालका गतिविधि भैरहेका छन तत्काल त यसलाई सबै मिलेर कम गर्न प्रोत्साहित गर्नु पर्दछ, अर्को कुरा ओमिक्रोन फेला परिसकेको पृष्ठभूमिमा निर्देशनविपरीत ठूला खालका सभा, जुलुसको आयोजना गरिएमा स्थानीय प्रशासनहरूले हस्तक्षेप गर्नुपर्दछ,
हामी सकेसम्म सचेतनाबाट र स्वास्थ्य मापदण्डको पालना गराएर नै यस्ता सङ्कटबाट हामी मुक्त हुनसक्छौँ।