प्याज काट्ने बेला आसु किन झर्छ जान्नहोस यो रोचक तथ्य

मंसिर २२ : तरकारी लाई थप वास्नादार र स्वादिलो बनाउने अनेक कुरा मध्य एक हो प्याज, दैनिक रुपमा विश्वभर नै बढि प्रयोग गरिने तरकारी मध्ये प्याज पनि एक हो ।

प्याजले तरकारि वा मासु आईटमलाई स्वादिलो बनाउछ, सबै किसिमको खानेकुरामा स्वाद दिन्छ तर त्यहीँ प्याज काट्नेबेला आखाबाट आसु भने किन झर्छ होला ? यो प्राय गृहिणीको प्रतिनिधिमूलक प्रश्न हो । प्याज काट्नेबेला आसु किन झर्छ आज हामी यस विषयमा जानकारि गराउने छौ ।

वैज्ञानिकहरुका अनुसार प्याजमा एक प्रकारको नप्रोपेथिएल नामक रसायन हुन्छ जसले हाम्रो आँखामा रहेको लेक्राईमल ग्ल्यान्ड लाई उत्तेजित बनाउँछ जसका कारण प्याँज काट्दा आँखाबाट आँखामा बहन थाल्दछ । गुणको कारक एलिनस नामक एक इन्जाईमलाई मान्थे तर प्याजमा रहेको लेक्राइमेट्री फ्याक्टर सिन्थेस नामक रसायनका कारण यसो हुने एक अनुसन्धानले प्रस्ट्याएको छ । जसका कारण प्याँज काट्दा हाम्रो आँखा पोल्ने हुदा आँशु आउने गर्दछ ।

प्याजको प्रत्येक पत्रमा एमिनो एसिड मात्र होइन, सल्फेनिक एसिड पनि हुन्छ । त्यसैले प्याज काट्ने समयमा यी दुवै एसिड मिल्छन् । यी दुई एसिड मिल्दा सल्फर ग्यास बन्छ । यो ग्यास हाम्रो आँखामा पुग्छ । त्यहाँको पानीसँग मिल्दा अर्को एसिड बन्छ– सल्फर । त्यही सल्फर एसिडका कारण प्याज काट्दा हाम्रो आँखाबाट आँसु आउने हो ।

खुर्सानी वा पिरो खाँदा पसिना –किन आउछ ? 
हामीले खुर्सानी वा पिरो खाँदा खुर्सानीमा हुने ’क्याप्सिकन‘ पनि खान्छौँ । यो एउटा त्यस्तो तत्व हो जसले हाम्रो मस्तिष्कलाई ‘ओभरहिट’को सिग्नल पठाउँछ । बढी तापक्रमको सूचना पाएपछि मस्तिष्कले लाखौँ ‘ग्ल्यान्ड्स’ सक्रिय बनाएर पसिना निकाल्छ ।

यसरी पसिना आउनुको एउटै कारण हो– शरीरको तापक्रम स्थिर बनाउनु । हाच्छ्युँ गर्दा आँखा बन्द हुनुको कारण हाम्रो आँखा र नाक ’क्य्रानिएल’ नशासँग जोडिएको हुन्छ ।

जब हामीलाई हाच्छ्युँ आउँछ, हाम्रो फोक्सोबाट अत्यन्त द्रूत गति र प्रेसरमा हावा बाहिर निस्कन्छ । यही समयमा मस्तिष्कले हाम्रो अनुहारका नशाहरूलाई खिच्ने सन्देश पठाउँछ ।