२५४ मा संक्रमण पुष्टि, २३४ जना संक्रमण मुक्त र कति जनाको मृत्यु ?

मंसिर २६ : पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा ६२६८ पीसीआर परीक्षणमा २४१४ एन्टिजेन परीक्षणमा गरी कुल ८६८२ जनाको परीक्षणमा २५४ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २३४ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ६ हजार ७७८ संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

यो संगै मुलुक भर कोरोनाका कारण ११ हजार ५५४ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८९० रहेको छ ।