महामन्त्रीमा गगन थापाको अग्रता

पौष १ काठमाण्डौ: नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा रुपमा उमेद्धवारी दिएका गगन थापाले अग्रता लिएका छन् ।

निर्वाचन समितिका अनुसार १०० मत गन्दा गगन थापाले सबैभन्दा बढी ७० मत पाएका छन् ।

यस्तै विश्वप्रकाश शर्मा ३४ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने प्रकाश शरण महत ३१ मतका साथ तेस्रो र प्रदीप पौडेल २७ मतका साथ चौथो स्थानमा छन् ।

हाल महामन्त्रीको मत गणना भैरहेको छ , हालसम्मको मतको अवस्था हेर्दा गगन थापा सम्भावित महामन्त्री देखिएका हुन ।