पौष ५ काठमाडौ
क्रिकेट प्रतियोगितामा सफल बनाउनको निमिक्त खेलाडीको मुख्य भूमिका हुन्छ । खेलाडीलाई मजबुत बनाउन क्रिकेट बोर्डले विभिन्न मापदण्ड बनाउने गर्छ र बनाउदै आईरहेको छ ।
श्रीलंकाको क्रिकेट बोर्डले खेलाडीको शारीरिक परीक्षण ‘यो–यो टेस्ट’ लिएर छनौट र तलब निर्धारणबारे निर्णय लिने भएको छ ।
शारीरिक तन्दुरुस्तीका विशेष ख्याल दिने नीति लिँदै बोर्डले खेलाडीको दौड गराउने र सफल नभए तलब काट्ने नीति लिएको छ ।
नयाँ मापदण्डअनुसार खेलाडीले तलब पाइराख्न र छनौट हुन २ किलोमिटरलाई ८.१० मिनेटमा पूरा गर्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।