फेरि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सातको चौथो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ ।

बुधवार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुन अघिल्लो दिन ९१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज प्रतितोला १० रुपैयाँले वृद्धि भई १ हजार २६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।