रेष्टुरेन्टमा आएका महिला ग्राहकमाथि यौन हिंसा गरेको आरोपमा त्रिसाराबाट दुई जना पक्राउ

पौष २८ : प्रहरीले यौन हिंसाको आरोपमा काठमाडौँको दरबारमार्गस्थित त्रिसारा रेष्टुरेन्टबाट २ जना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही रेस्टुरेन्टमा काम गर्ने युवाहरु हुन् । उनीहरुमाथि रेष्टुरेन्टमा आएका ग्राहक महिलाहरुलाई यौन हिंसा गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

महानगरीय प्रहरी बृत्त दरबारमार्गका अनुसार उनीहरुले रेष्टुरेन्टमा आएका ग्राहक महिलाको मास्क खोल्दिने, जिस्क्याउनेजस्ता यौन हिंसात्मक गतिबिधि गरेका थिए।

यद्यपि प्रहरीले उनीहरुमाथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेको र नाम सार्वजनिक गर्न नमिल्ने बताएको छ। यस बिषयमा रेस्टुरेन्टका अन्य कर्मचारी र ग्राहकहरुसँग पनि सम्पर्क तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धान पश्चात दोषि थहरिए कानुन बमाजिम कार्वाही गर्ने प्रहरीको जानकारि छ ।