पौष २९: युवा पुस्तामा आशा गरिएकी संघर्षशील, जिम्मेवार र भविष्य भएकी नेतृमा पर्छिन रामकुमारी झाँक्री । राजनीतिक आन्दोलनमा सक्रियता, नेतृत्व क्षमता र वाकपटुताले ४३ वर्षीय रामकुमारी झाँक्रीको कद उचो नै बनाइरहेको थियो ।
२०६२ / ६३ को जनआन्दोलनमा सडकमा ढुंगा र लाठी खाँदै झाँक्रीले रत्नपार्क र बागबजारका गल्लीमा जसरी विद्यार्थी आन्दोलनको नेतृत्व गरिन्, त्यसको पुरस्कार भनौ वा प्रतिफल थियो अनेरास्ववियुको अध्यक्षमा निर्वाचित हुनु । विद्यार्थी राजनीतिको इतिहासमै झाँक्री पहिलो महिला अध्यक्ष बन्न सफल पनि भइन् । त्यसले पनि झनैै अपेक्षा बढाईदियो समाजको झाँक्रीप्रति ।
विकट गाउँ अर्थात् गुल्मी जिल्लाको मयल पोखरी गाविस १ मा जन्मिएकी मन्त्री हुन् रामकुमारी झाँक्री । मन्त्री झाँक्री अहिले सत्तारुढ पाँच दलीय गठबन्धनको सरकारमा मन्त्री रहेकी छन्। संघीय सरकारको सहरी विकासमन्त्री रहेकी झाँक्रीले आफूले कहिल्यै भ्रष्टाचार नगर्ने बताएकी छन्।
मन्त्री झाँक्रीले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँगको कुराकानीमा यस्तो दाबी गरेकी हुन् । उनले आफू उनिउँ र सिस्नुघारीबाट आएर आज यो स्थानमा आफ्नै मेहनत र पौरखले पुगेको दाबी गर्दै जीवनमा कहिल्यै भ्रष्टाचार नगर्ने बताइन्।
साथै, झाँक्रीले आफूलाई आफ्ना पार्टी कार्यकर्ताहरुले एमाले अध्यक्ष केपी ओलीलाई भन्दा धेरै वजनको माला लगाइदिने दाबी गरेकी छन् ।उनले सोही कार्यक्रममार्फत यस्तो दाबी गरेकी हुन्। यसअघि पौष ८ गते बिहीबार ओलीलाई पर्सामा भएको एक कार्यक्रममा १५१ किलोको मालाले स्वागत गरिएको थियो।
झाँक्री मन्त्री बनेको ३ महिना पुरा भइसकेको छ, यसबीच उनी एक महिना कोभिडका कारण घरमै आराम गरिन् भने बाँकी २ महिना आफूले आफ्नो क्षेत्रमा उल्लेख्य सुधार र आयोजनाका कामहरु गरेको झाँक्रीको दाबी छ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी(लेनिनवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट राजनीतिमा उदाएकी झाँक्री हाल प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीको तर्फबाट सांसद समेत छिन्।
२०६६ माघ २९ मा धनकुटाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी झाँक्री नेकपा एमालेभित्र चर्किरहेको द्वन्दका बेला तत्कालिन पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको दाहिने हात बनेकी थिइन् । तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक गत वर्षको पुषमा प्रतिनिधिसभा विघटन गरेपश्चात ओलीसँग रुष्ट बनेकी झाँक्रीले त्यसविरूद्द आवाज उठाएर नेपाल पक्षको खम्बाका रुपमा उभिएकी थिइन्।
विद्यार्थी जीबनदेखि राजनीतिमा लागेकी उनी पार्टीभित्र पनि खरो वक्ताका रुपमा चिनिदै आएकी छिन्, उसो त उनमा भएको निडरता र सत्यको पक्षमा आवाज उठाउन पछि नहट्ने स्वभावले नै गर्दा लाखौं युवा युवतीहरु उनको फ्यान फलोअर्समा रहेका छन्।
गत बर्ष प्रतिनिधिसभा विघटनपश्चात सडकमा शक्ति प्रदर्शन गर्नेदेखि लिएर संघर्षका अनेकौं कार्यक्रमहरुमा अग्रपंक्तिमा खटिने झाँक्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालकोट ९ओली निवास० पुर्याउछौं भनेपछि प्रहरी हिरासतमा समेत पुगेकी थिइन्।
राजकुमारी झाक्री