माघ ३ : राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो ।
यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ ।
तर केहि बिशेषज्ञले शोधकर्ताहरुको विश्लेषणका आधारमा यी सपनाहरुको अर्थ यस्तो हुन्छ भनेका छन ।
गर्भवती भएको सपना देखेमा : आफु गर्भवती भएको सपना देख्नुको अर्थ हुन्छ तपाइँभित्र नयाँ जिवनको सुरुवात भएको छ अर्थात् नयाँ उर्जा तथा आइडियाको विकाश हुँदैछ । स्टउट भन्छन्(यसको अर्थ तपाइँले पुनर्जिवन पाउँदै हुनुहुन्छ, नयाँ मार्गतर्फ लम्किँदै हुनुहुन्छ अर्थात् जिवनमा काँचुली फेर्दै हुनुहुन्छ ।
भुतपूर्व पार्टनरको बारेमा सपना देखेमा: यो सामान्य हो र यसको अन्य कुनै अर्थभन्दा पनि जिवनको एउटा क्षणको परावर्तन मात्र हो । तपाइँको भुतपूर्व प्रेमी वा प्रेमिका कुनै समय तपाइँको जिवनको अंग थियो । यदि तपाइँले कोही नयाँ मानिससँग डेटिङ गएको वा प्रेमालाप गरेको सपना देख्नुभयो भने ब्युँझिएपछि आफैलाई सोध्नुहोस् की त्यो मानिसले तपाइँको जिवनमा के अर्थ राख्छ रु उसको लागि तपाइँको मनमा ठाउँ भएकै हो रु
दाँत झरेको सपना देखेमा: यसको अर्थ तपाइँको जिवनमा संक्रमणकाल चलिरहेको छ । तपाइँ यस्तो निरासा तथा कठिन परिस्थितिबाट गुज्रिँदै हुनुहुन्छ जहाँ प्रसस्तै परिवर्तन आत्मसात गरिरहनु परेको छ भने तपाइँले दाँत झरेको सपना देख्न सक्नुहुन्छ । तपाइँ रुपान्तरण हुँदै हुनुहुनछ भन्ने यसको अर्थ हुन्छ ।
मृत्युको बारेमा सपना देखेमा: सपनामा मृत्यु तथा नयाँ जिवनको सुरुवातलाई एकै अर्थमा हेरिने मनोविज्ञ स्टउट बताउँछन् । मरेको सपना देख्नु भनेको तपाइँले अब कुनै चिज त्याग्दै हुनुहुन्छ जुन अहिलेसम्म तपाइँको जिवनको भाग थियो । बसिरहेको घर सर्दा, जागिर छाड्दा तथा सम्बन्ध विच्छेद गर्दा समेत मरेको सपना देख्ने सम्भावना हुन्छ ।
बारम्बार डराउने सपना: मनोविज्ञ स्टउटका अनुसार हामीले जिवनमा धेरै नकारात्मक अनुभवहरु समेत बटुलेका हुन्छौँ र त्यसलाई आत्मसात गरेका हुन्छौँ जसले हामीमा संवेगात्मक घाउ सिर्जना गर्दछ । मानिसको मस्तिष्क यस्ता स्मरणहरु प्रति असहिष्णु हुन्छ र त्यसलाई सँगालेर राखिराख्नु भन्दा बारम्बार त्यसलाई उत्सर्जन गर्दछ ।
यो पीडादायी उर्जा डरलाग्दो सपनाका रुपमा बाहिर निस्किन्छ । कुनै विषयमा डरलाग्दो सपना देखिरहनुको अर्थ हुन्छ की त्यस विषयमा हाम्रो मस्तिष्कमा डर, चिन्ता तथा पीडा संचित छ र वास्तविक जिवनमा त्यसलाई सम्बोधन गर्नु आवश्यक छ ।