श्रीमति द्धारा हँसिया र ढुङ्गा प्रहार गरी श्रीमानको हत्या

माघ ५:  रोल्पामा एक महिलाले हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या गरेकी छन् ।

सुनछहरी गाउँपालिका–६ झिरबाङकी ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको आज बिहान हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

महिलाको मानसिक सन्तुलन ठीक नभएको वडाध्यक्ष अमरजित पुनले बताउनुभयो ।

गोठमा पतिपत्नी मात्र भएको र पति सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्रहार गर्दा ज्यान गएको बताइएको छ ।
थप अनुसन्धान बाकी रहेकोले अनुसन्धान पछि थप जानकारि दिन सकिने प्रहरिको भनाई छ ।