गायिका आनीछोइङ डोल्मालाई नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि

माघ ७ : गायिका आनीछोइङ डोल्मा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ ।

उनले आफु संक्रमित भएको खबर सामाजिक संजालमार्फत दिदै सबैलाइ सजग रहन आग्रह गरेकि हुन् ।

सामाजिक संजालमा उनले लेखकी छिन्, ‘कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएसंगै म आइसोलेसनमा छु।

यद्यपि अनुभवले जीवनलाई खतरामा पारेको छैन अझै पनि यो राम्रो अनुभव होइन। समय र ऊर्जाको बर्बादीले तपाईंको वरपर धेरैलाई संक्रमित गर्ने सम्भावना छ ।

त्यसैले कृपया सावधानी अपनाउनुहोस्१ मास्क लगाउनुहोस्, ह्यान्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् र आवश्यक नभए बाहिर ननिस्कनुहोस्। सबैको ख्याल राख्नु होला। धेरै धेरै माया।’