माघ ७ : काठमाडौं उपत्यकाभित्र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधन‚ सरकारी तथा कुटनीतिक सवारीसाधन‚ एम्बुलेसन्स, दमकललगायतका साधनलाई जोरबिजोर प्रणाली लागु नहुने भएको छ ।
पछिल्लो समय स्थानीय प्रशासनले उपत्यकामा कोभिड (१९) रोकथामका लागि शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सवारीसाधनमा जोरबिजोर प्रणालीको निर्णय गरेको छ।
सञ्चारकर्मीको हकमा सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास र परिचयपत्रको आधारमा सवारीसाधन चलाउन पाउने भएका छन् ।
यस्तै‚ औषधि एवं स्वास्थ्य सामग्री‚ खाद्यान्न‚ तरकारी‚ दुधजन्यवस्तु‚ग्यास‚ पानीलगायत अत्यावश्यक सवारीसाधनलाई जोरबिजोर प्रणाली लागु नहुने भक्तपुर प्रशासनले जनाएको छ।