सेवा विस्तार : विदेशस्थित नेपाली दूतावासहरूले इ–पासपोर्ट वितरण गर्ने

माघ ९ : राहदानी विभागले मंसिर १ गतदेखि विद्युतीय राहदानी वितरण कार्यको शुरु गरेको छ ।

हाल काठमाडौं ललितपुर बाट मात्र सेवा दिदै आएको ई-पासपोर्ट अब भने विदेशस्थित नेपाली दूतावासहरूले पनि विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण गर्ने भएका छन ।

नेपाली दूतावास मलेसियाले गरेको शुक्रबारको कार्यक्रममा श्रम सहचारी प्रकाश पन्थीले मेसिन रिडेबल पासपोर्ट नवीकरणको दवाव नदिन आग्रह गर्दै केही दिनभित्रै दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्ने तयारी भइरहेको जानकारी दिए ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारसहित अन्य प्रयोजनका लागि रहेका नेपालीहरूले आफ्नो राहदानीको वहाल अवधि १८ महिनाभन्दा कम भएमा नेपाली दूतावासहरूबाट राहदानी नवीकरण गराउन पाउने व्यवस्था छ ।

आवेदन गरेको कम्तीमा ४५ दिनभित्र नेपालीले नवीकरण भएको पासपोर्ट पाउने गरेका छन् ।