प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना पुष्टि, आईसीयूमा उपचार हुँदै

माघ ९:  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।

सीता दाहाल पहिल्यै नै बिरामी हुनुहुन्छ, हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ ।

उहाँमा अस्ति कोरोना देखियो, स्वास्थ्यमा पनि समस्या देखिएपछि मेडिसिटीमा भर्ना गरिएको छ’, सचिवालय स्रोतले भन्यो, ‘आईसीयूमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’

केही साताअघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो । प्रचण्ड हाल कोरोनामुक्त भइसकेका छन् ।