घट्यो सुन-चाँदीको मूल्य कतिमा हुदैछ कारोवार

माघ ९ : साताको पहिलो दिन आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

गत हप्तासम्म ह्वाट्टै बढेको सुनको मूल्यमा साताका पहिलो दिन भने तीन सयको दरले घटेको हो । सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार बजारमा चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।