टेकु अस्पतालमा आजदेखि पुनः कोरोना खोप कार्यक्रम सञ्चालनमा

माघ ११ : काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।

यसअघि अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगन गरिएका थियो ।

तर काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी ९काठमाडौ० बाट जनशक्ति व्यवस्थापन भएपछि आज पुनः खोप लगाउने कार्यक्रम थालिने भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार आज बिहान १० बजे देखि नै नियमित खोप कार्यक्रम सुरु गरिएको छ , बैंक सरकारी कार्यालय लगायतका ठाँउमा खोप लाएको कार्ड अनिवार्य चाहिने भए संगै खोप लाउनेको संख्या बढेको हो ।