कस्तुरीको विना सहित कारोवारी गर्ने चारजना पक्राउ

माघ ११ : काठमाडौंमा दुर्लभ बन्यजन्तु कस्तुरीको विना सहित चारजना पक्राउ परेका छन् ।

टोखा नगरपालिका–३ स्थित विष्णुमती करिडोरबाट नुवाकोट घर भएका २९ वर्षीय आशिक तामाङ, धादिङ घर भएका ३५ वर्षका श्याम पाठक र ४० वर्षीय राजु थापा तथा काठमाडौं तारकेश्वर नगरपालिका घर भएका ३४ वर्षीय कृष्ण गुरागाईंलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

कस्तुकरीको विना किनबेच हुन थालेको सुराक पाएपछि महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । कस्तुरीको विनामा संलग्न बेच्ने र किन्ने दुबै पक्षको बारेमा खोज अनुसन्धान हुने प्रहरीको भनाई छ ।

उनीहरु चारै जनालाई थप अनुसन्धान र कानुनी कारवाहीका लागी जिल्ला बन कार्यालय हात्तिसारमा बुझाइएको बताइएको छ।