माघ १६: सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी पुन : कल सेन्टरु स्थापना गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सेवाग्राहीको गुनासो सुन्दै २४ घण्टे कल सेन्टरको पुनस् शुभारम्भ गर्नुभएको हो ।
यस अगाडी वैदेशिक रोजगार बोर्डको पहलमा मन्त्रालयमा राखिएको कल सेण्टर प्रभावकारी नभएपछि बोर्डले आफ्नै भवनमा कल सेण्टर सञ्चालन गर्दै आएको थियो । तर बोर्डमा रहेको कल सेण्टरले अपेक्षा अनुसार काम नगरेको भन्दै श्रम मन्त्रीट श्रेष्ठले मन्त्रालयमै पुनः कल सेण्टर स्थापना गर्नुभएको हो ।
कल सेन्टरमा सेवाग्राहीहरूको गुनासो तत्काल सुन्नका लागि ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने callcenter@feb.gov.np इमेलको पनि व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढङ्गले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैँले कल सेन्टर स्थापना गर्नुपरेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले कल सेन्टरमा गुनासो आउनेबित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो कल सेन्टरले वैदेशिक रोजगारीमा गएकाहरूको गुनासको तत्काल सम्बोधन गर्नेछ । विगत एक महिनायता भिजिट भिसामा जानेहरूलाई बिचौलिया वा भनौँ न दलालहरूले अलपत्र पारेपछि पनि ती गुनासाहरूलाई तत्काल सम्बोधन गर्न मन्त्रालयमै कल सेन्टर शुभारम्भ गरिएको हो ।’
६ जना कर्मचारीले कल सेन्टरबाट २४ सै घण्टा सेवा दिनेछन् । मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएकाहरूको गुनासो सुनुवाइ गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्नुभयो । उहाँले यो कल सेन्टरले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिलाई न्यूनीकरण गर्दै लैजाने विश्वाससमेत व्यक्त गर्नुभयो ।