माघ २४ : सुकुम्वासीलाई ‘जग्गा दिलाउँछौँ’ भनेर काठमाडौँ महानगरपालिका – १६ बालाजुस्थित होटलमा फारम भरेर पैसा लिँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा झापा घर भएका ३८ वर्षीय होमनारायण चौधरी र काठमाडौँको बुढानीलकण्ठ घर भएका ४४ वर्षीय उद्धव भण्डारी छन् ।
उनीहरूले सुकुम्वासीलाई जग्गा दिने भन्दै फारम भराएर प्रतिव्यक्ति ५० हजार रुपैयाँ उठाउँदै गरेको अवस्थाका बालाजु वृत्तबाट खटिएको प्रहरीले प’क्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले निवेदन फारम,ल्यापटप, प्रीन्टर र विभिन्न व्यक्तिहरूको फोटो बरामद गरेको जनाएको छ।
पछिल्लो समय भुमीहिन लाई भुमी उपलब्ध बनाउने प्रस्ताव आए संगै अनेको तरिकाले ठगी गर्नेको संख्या निकै बढेको कारण सबैजना आ-आफने ठाँउमा शुरक्षित रहन र कहिकतै यस्तो घटना भएको पाईएमा तुरुन्त नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरेको छ ।