माघ २५ः पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ जनाको परीक्षण गर्दा कुल १,९५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५ हजार १०३ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट मंगलबार थप ११ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म कोभिड(१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८३८ पुगेको छ। यसैगरि हाल देशभर ३६ हजार १८१ जना सक्रिय संक्रमितहरु रहेका छन्।