माघ २७ : नेपाली सांगेतिक क्षेत्रमा सर्वप्रिय नाम हेमन्त शर्मा र पछिल्लो समयको चर्तित नव गायीका एलीना चौहानको भन मेरो मालिक बोलको गीत सार्वजनिक भएको छ ।
गायक हेमन्त शर्माको आफ्नै यूट्युव च्यानल हेमन्त शर्मा (Hemanta sharma) मार्फत सार्वजनिक भएको उक्त गीतमा स्वयम् शर्मा र गायीका एलीना चौहानको आवाज समेटिएको छ ।
होटल पबेरा आसपासमा छायाकंन गरिएको यस गीतमा नरेशभीर सिङ्ग, लोसिनल लामिछाने लगायतको भुमिका देख्न सकिन्छ । यस गीत मार्फत यूवा पुस्ता विचको प्रेमिल कहानिलाई गायक शर्माले रमाईलो शैलीमा प्रस्तुत गरेको हुन, भन मेरो मालिक बोलको गीतमा शब्द ,संगीत भने गायक शर्माकै रहेको छ ।
गायक शर्माको नाम र छवि नेपाली सांगेतिक क्षेत्रको पनि विशेषगरि पप बिधामा निक्कै अब्बल छ , हाल पछिल्लो समय भने शर्माले आधुनिक, लोक लयातको विधामा समेत आवाज दिदै आएका छन ।
समयसापेक्ष सृजना पस्कने कलाकालरहरुमा गायक शर्माको नाम छुटेको पाईदैन, वि.सं. २०५७ सालमा पहिलो एकल गीतीसङ्ग्रह ओ प्रिय प्रकाशित गरेका गायक शर्माको अहिलेसम्म हजारौको संख्यामा हिट गीतहरु बजारमा छन ।
युवा पुस्ताको रोजाईमा कहिल्यै पुरानो हुन नसकेका गायक शर्माको भन मेरो मालिक बोलको गीत पनि लोकप्रिय बन्ने उनका दर्शक श्रोताको शुभेक्षाले सामाजीक संजाल रंगीएको देख्न पाईन्छ ।
गीत सहित