चैत्र ११ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
शनिबार पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यता आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

















