चैत्र १४ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।















