चैत २२ः निर्वाचन आयोगले आगामी बैशाख ३० गते स्थानीय चुनावको मिति तय गरे संगै यतिबेला शहरदेखि गाँउसम्मै चुनावि माहोलले राजनितिकर्मीलाई दशैं आएझै उमंग छाएको छ र डौडधुव बढेको छ । पालीका वा पालीका भित्रका वडाका जनप्रतिनिधिले यो पाचँ वर्षको कार्यकाल लाइ कसरि लिए उनीहरुको घोषणापत्रले देखाएको सपना समाजले महशुस गर्न पायो कि पाएन ? जनप्रतिनिधि कत्तिको जनतामुखि हुन सके ? बिकास भन्नु ठुला भौतिक संरचना खडा गर्नुलाई मात्रै मान्ने कि नितिगत परिवर्तन पछि सोच्ने ? यहीँ पेरिफेरिमा रहेर बडिगाड गाउपालीका ४ का अध्यक्ष प्रेम गलामी मगर संग सन्दर्भटुडे का समाचार प्रमुख जसिन्द्र श्रीपालीले तयार गर्नुभएको कुराकानी ।
गण्डकी प्रदेश अन्तरगत बाग्लुङ्ग जिल्लाको १० स्थानीय तहमध्येको एक बडिगाड गा.पा.हो साविकका ७ गाविस (दगातुन्डाडाँ, सिसाखानी,जलजला, ग्वालीचौर, भिमगेठे,रणसिंह किटेनी र दर्लिङ )मिलेर १० वडाको बडिगाड गाउपालीका बनेको छ यसै मध्येको एक हो ४ नं. वडा जलजला। प्रेम गलामी मगर नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुन। बिहानीले दिनको संकेत गर्छ भनेझै यहाँको पाच वर्षको कार्याकालको नतिजाले फेरि दोस्रो पटक यहीँ वडाको अध्यक्षको रुपमा देख्न पाउने सम्भावना बन्यो भन्ने हाम्रो प्रश्नमा अध्यक्ष गलामी हास्दै भन्छन ।
तपाईको प्रश्नले आजको उत्तर खोज्न एकपटक विगत तर्फ फर्केर फेरि समिक्षा गर्नुपर्ने हुन्छ किनकी भोली मैले दोस्रो कार्यकाल सेवा गर्नको निमिक्त मैले आज सम्म कति जनतामुखि हुन सके भन्ने कुराले अर्थ राख्दछ , मेरो पक्षको कुरा गर्नुहुन्छ भने मलाई १ प्रतिशत पनि फेरि दोहोरिन मन छैन तर जनता फेरि ९९ प्रतिशत दोहोर्याउनु पर्छ भन्नेमा लागीपरेका छन, अब थप ब्याख्या केहि गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।
जनताको यतिबिधि बाक्लो मत संग तपाईको १ प्रतिशत मत लडाई रहनुभएको छ मलाई आस देखाएर बिश्वासघात गर्छन भन्ने लागेर कि तपाई स्वयम् लाई जनतामुखी हुन सकिन भन्ने चिन्ता लागेर ?
खास कारण यी दुबै हुन सक्दैन किनकि यदि त्यसो हुन्थ्यो भने जनताको यत्रो सपोर्ट किन हुन्थ्यो र खास कुरा त बरु के हो भने अबको नेतृत्व युवाले गर्नुपर्छ भन्ने पक्षमा छु, हुनत हाम्रो देशको नेताहरु ५० कटिसक्दा पनि आफुलाई युवानेता भन्ने प्रवृत्ति बाकी छ यस मानेमा त म त अहिले ४० वर्षको भए म संग त अझै युवा हु भनिरहन १० वर्ष बाकी छ तर मैले त्यसरि हेरिन बरु मैले सोचेको चाहीँ के हो भने नयाँ पुस्ता अहिले बिज्ञान प्रविधि संग निकट छ, अहिलेको समय बिज्ञान प्रविधिमय छ त्यसकारण पनि यदि युवाहरुले नेतृत्व गर्छु भनेर अगाडि आईदिएको खण्डमा मैले उहाँहरुलाई हार्दिकताको साथ स्विकार गर्दछु, यसमा मेरै पार्टीको हुनुपर्छ भन्ने समेत मेरो अडान छैन, यसो भन्दा पार्टीपद्धति भन्दा बाहिर जाला तर म फरक पार्टीको युवाको नेतृत्व समेत हार्दिकताको स्विकार गर्ने सामाथ्य राख्दछु । यसो गर्दा मेरो ब्यक्तिगत फाईदा होईन कि समग्र बडिगाड पालीका र सिंगो देशलाई फाईदा पुग्ने मैले देख्दछु ।
कार्याकालको अन्तिम अन्तिम खण्डमा हुनुहुन्छ समग्रमा यहाँको कार्याकाल कस्तो रह्यो ?
कतिपय काम आफुले गरेपनि त्यस्को रिजल्ट अरु संग माग्नुपर्ने रहेछ यसर्थ मैले यो जवाफ आफुले भन्दा पनि जनताले स्वयम भनुन् भन्ने पक्षमा छु , मेरो साईड बाट सोध्नुहुन्छ भने म सफल भए भन्ने लाग्छ किनकी मैले जनतासामु जादा जुन घोषणापत्र बोकेर गए त्यो त एक दुई बाहेक सबै पुरा गर्न सके त्यो बाहेक पनि भैपरि आएका अनेकौ काम मैले गर्न सके समग्रमा मैले मेरो कार्यकालमा मैले चाहेजति काम गर्न सके भन्नेचाहीँ लाग्यो, आफ्नो कार्यकाल सफल भएको मैले सम्झिन्छु वडामा घुमफिर गर्दा आफैलाई खुशी लाग्छ । पहिलेको तुलनामा सडकको अवस्था हेर्छु, अन्य भौतिक संरचनाहरु देख्छु यसकारण मैले कर्तब्य पुरा गर्न चुकिन भन्ने सम्झिन्छु , जनताको अगाडि लुकेर हिड्न परेको छैन सायद मेरो कार्यकालको सबैभन्दा ठुलो सन्तुष्टि पक्ष नै यहीँ हो ।
यो बिचमा मैले मेरो कार्यकालमा यो काम चाहीँ गर्न पाएन है भनेर खस खस लाग्ने कुनै काम बाकी रह्यो ?त्यस्तो त
धेरै रह्यो पहिलो कुरा दोस्रो कुरा सबै मेरै कार्यकालमा सक्नुपर्छ वा बन्नुपर्छ भन्ने पनि छैन बिकास भनेको अनन्त बग्ने कुरा हो, यसको यात्रा रोकिदैन, यसो भन्नुको मतलब म मा यहाँले भनेझै खसखस बाकी नरहेको भने होईन , मेरो वडाको सबैभन्दा ठूलो समस्या भनेको यहाँको पिउने पानी हो , हाम्रो वडामा पानिको मुहान छैन, अर्को वडा संग जोडिएको जंगलबाट पानि ल्याउनुपर्छ त्यहाँको दुरी टाढा छ, त्यहाँबाट पानी ल्याउन कम्तिमा पनि डेढ करोड खर्च आउने अनुमान छ यत्रो मोटो रकम हाम्रो वडामा हुने कुरै भएन, पालिकामा समेत व्यवस्थापन गर्न सक्ने अवस्था बनेन् प्रदेश संग हामीले समन्वय गरेकै थियौ तर त्यो पनि विविध कारण सफल हुन सकेन, कोभिडले निकै अप्ठारोमा पार्यो । आगामी दिनमा फेरि मेलै सेवा गर्ने मौका पाएछु भने पहिलो प्राथमिकताको काममा यहीँ हुनेछ भन्ने लाग्छ ।
यहाँले पनि बिकासको कुरा गर्ने शिलशिलामा भौतिक संरचना निर्माण गरेको कुरा सुरुवाटमै गर्नुभयो, नितिगत सुधारको निमिक्त ध्यान दिनुपर्छ भन्ने लागदैन ?
यो त बडो गज्जबको प्रश्न गर्नुभयो सायद यहाँ प्रश्न नउठेको भए मैले यो प्रसंगमा कुरा गर्ने मौका नै पाउने थिएन । यहाँलाई धन्यवाद प्रकट संगै भनौ कि हुनत भौतिक संरचना पनि निर्माण गर्नुहुदैन भन्नेचाहीँ होईन हाम्रो जस्तो दुर्गम ठाँउमा भौतिक संरचना निर्माण हुनु पनि ठुलो उपलब्धि सम्झन्छु म तर म स्वयमले महशुस गरेको कुरा चाहीँ के हो भने यो भन्दा ठूलो बिकास र परिवर्तन नितिगत रुपमा परिवर्तन गर्नु पनि हो । हामी संग यसको अधिकार नहुदै गर्दापनि मैले मेरो कर्तव्य सम्झेर काम गरेकै हो यहाँको संस्कार संस्कृति बचाउ र जोगाउको निमिक्त पालीका बाटै बजेट बिनियोजन गर्दै मैले प्रशिण कार्याक्रम सम्पन्न गरेको छु , दलित समुदाय माथी हुने गरेका विभेद र कु संस्कार बिरुद्ध निरन्तर खबरदारि गरेको छु । यहाँको पर्यटकीय ठाँउ र पर्यटन संबन्धि समस्याको समधानको निमिक्त निरन्तर प्रचारप्रसारमा जोड दिएको छु । यहाँको कृषि, पशुपालन र माटोको परिक्षण गरेर आधुनिक कृषि खेतीमा जोड दिएको छु यसर्थ भोली मेरो ठाँउमा कोही अन्य जनप्रतिनिधि आएको ठाँउमा पनि उसले फेरि सून्य लेभलवाट काम गर्नुपर्ने अवस्था चाहीँ छैन ।
यहाँको आगामी यात्रा कस्तो हुन सक्छ भन्ने प्रश्नमा मगर लामो श्वास फ्याक्दै भन्छन कि राजनिति सेवा हो पद सकिनु सेवा सकिनु होईन यस मानेमा म फेरि सेवा गर्ने मौका मिलेको खण्डमा जनताको सेवामै तल्लिन हुनेछु यदि त्यसो भएन भनेनी म राजनितिमा क्रियाशील नै हरने छु वर्तमानले भविष्य निर्माण गर्दो रहेछ यसर्थ मैले बाटो बिराएको छैन, जनताको भावना माथी चोट पुर्याएको छैन जहाँसम्म लाग्छ उहाँहरुको सेवामा फेरि यहीँ ठाँउमा जरुर फर्कन्छु यदि त्यसो हुन सकेन भने पनि मेरो ब्यक्तिगत दुखेसो संगै समग्र बडिगाडको बिकास , जलजलाको बिकासको निमिक्त मैले निरन्तर रुपमा मेरो ठाँउबाट काम गर्ने छु ।


















